१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुको दोहनीमा मध्यरातमा चोरीः चामल, गहु र कपडा समेत छाडेनन्



कपिलवस्तु ।
लामो समयको लकडाउनले गर्दा त्यससंगै अपराधिक घटना समेत बढ्न थालेका छन । अन्य समयमा नगद, गरगहना र बहुमुल्य सामान चोरीका घटना हुने गर्थे । तर कोराना भाईरसका कारण साढे ३ महिना भन्दा बढीको लकडाउनको असर देखिन थालेको छ ।


कपिलस्तु नगरपालिका– ८ दोहनीमा शुक्रवार राति चोरी भएको छ । स्थानीय रमेश बानियाको घरबाट चामल गहु र साडी समते चोरी भएको प्रहरीले जनाएको छ । एक तले पक्कि घरमा रातको समयमा कोहि नभएको अवस्थामा भ्यान्टिलेसन तोडि घर भित्र चोरहरु प्रबेश गरेका थिए ।


चोरहरुले एक क्विन्टल चामल, गहु ४ क्विन्टल नया साडी ५ वटा, तथा ५० हजार नगद समेत चारेर फरार भएको प्रहरीले जनाएको छ । चोरहरुले ८० हजार बढीको धन माल चोरेर फरार भएको प्रहरी उपरिक्षक सुनिल मल्लले बताए । घटनाको अनुसंधान र चोरहरुको खोजी भईरहेको मल्ले बताए । उनले लकडाउनको अवधिमा चनाखो र होसियार हुनु पर्ने बताए ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  ७ : १४ बजे