१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वाणगंगा ९ मा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण



बाबुराम रायमाझी, जितपुर ।
बाणगंगा नगरपालिका ९ मा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नगरपालिकाको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गते चालु आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत कार्यक्रम अनुसार पौष्टिक आहार वितरण गरिएको हो ।


वडा नम्बर ९ मा आज एक समारोहका बिच सुनौला हजार दिनका २५ जना आमाहरुलाई नगर कार्यपालिका सदस्य केशरा गुरुङ्ग, भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझीले पौष्टिक आहार वितरण गरेका थिए । कार्यक्रमको विषयवस्तुमाथि भलवाड स्वास्थ्य चौकीका प्रमुख जित बिकास रायमाझीले प्रकास पार्दै महिला गर्भवति अवस्थादेखि बच्चा जन्मेको २ वर्ष सम्मको अवस्थाका आमाहरुलाई पौष्टिक आहार वितरण गरेको बताउनुभयो । उनले सुनौला हजार दिनमा आमाहरुले विशेष ध्यान पुर्याउनु पर्र्ने बताए ।


त्यस्तै सुनौला हजार दिनका आमाहरुलाई वाणगंगा कृषि शाखाले १–१ प्याकेट तरकारी मिनी किट र १–१ वटा औषधी छर्ने स्प्रे पनि प्रदान गरेको थियो । कार्यक्रममा कृषि शाखाका कृषि बिकास अधिकृत लेस बहादुर के.सि., कृषि अधिकृत सन्तोष कुमार भुसाल, पदमलाल घिमिरेको उपस्थिती रहेको थियो ।


कार्यक्रमको सहजीकरण बाणगंगा नगर बहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता शर्मिला रानाले गर्नुभएको हो । नगरको वार्ड न. ७, ८, ५, ६, ४ र ३ मा पनि सुनौला हजार दिनका आमाहरुलाई वितरण गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  ७ : २४ बजे