१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रोटरीद्धारा कपिलवस्तु सामुदायिक अस्पतालमा १ लाख ११ हजार बढीको अक्षय कोष स्थापना



मायादेवी अनलाइन, चार नम्बर ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले कपिलवस्तु सामुदायिक अस्पतालमा १ लाख बढीको अक्षय कोष स्थापना गरेको छ ।

रोटरी बर्ष २०२० २१ को लागि पद हस्तान्तरण समारोहको अवसरमा सामुदायिक अस्पतालमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेको क्लवले जानकारी गराएको हो ।

पद हस्तान्तरणका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, क्लवका रोटरी वर्ष वर्ष २०१९ २० का अध्यक्ष विरेन्द्र खाँण, वर्तमान अध्यक्ष नरेश पौडेल लगायतले अस्पतालका अध्यक्ष रामजी सेन र डाक्टर दिपेन्द्र चन्दलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अक्षय कोषबाट अति गरिब, दुखी र विपन्नहरुको उपचारमा सहयोग पुग्ने क्लवले अपेक्षा गरेको छ । प्रमुख अतिथि थारुले यस्तै कार्यले गर्दा रोटरी अरु भन्दा फरक क्लवको रुपमा रहेको बताउनु भयो । नगरले पनि यस्ता गरिब र दुखी परिवारलाई उपचारमा बिभिन्न सहयोग गर्ने भन्दै नगरकै अभिभारा रोटरीले पुरा गरेकोमा प्रसंसासहित धन्यबाद दिनुभयो ।

चेक ग्रहण गर्दै अस्पतालका अध्यक्ष सेनले रोटरीको यो महान् कार्यप्रति धन्यबाद दिनुभयो । बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको रोटरी र रोट्र्याक्ट क्लवले गत बर्ष तिहारको अवसरमा देउसी भैली खेलेर जम्मा गरेको रकमबाट सो कोष खडा गरिएको थियो । सर्वसाधारणले वडा या टोलबाट अति विपन्न भएको सिफारिस लिएर आएमा अस्पतालबाट निशुल्क उपचार पाउने छन् ।

प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ११ : ३५ बजे