१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

९६ हजार घुससहित उद्योग कार्यालय बाँकेका अधिकृत पक्राउ



बाँके ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वलीलाई ९६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जानकारी दिनुभयो ।

वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  २ : १५ बजे