१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

गजेहडाका मनकारी जीवन, हरिको उपचारमा अष्ट्रेलियाबाट पठाए ३ लाख २४ हजार



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा ४ गजेहडा स्थायी बसोबास भई हाल अष्ट्रेलिया निवासी जीवन पौडेलले दुवै मृगौला पीडित वडा नम्बर ४ झुँगाकै हरि न्यौपानेको उपचारका लागि ठुलो सहयोग गर्नु भएको छ ।
छिमेकी आफ्नै भाइ हरिको दुवै मृगौलाले राम्ररी काम गर्न छाडेको खबर मायादेवी अनलाइन र रेडियोबाट थाहा पाए पछि निकै दुखि हुनुभएका उहाँले ३ लाख २४ हजार रुपैयाँ मंगलबार जम्मा गराइदिनु भएको हो । आफूले ५० हजार र बाँकी रकम अष्ट्रेलिया रहेर काम गर्ने अन्य नेपाली तथा शुभेच्छुकहरुबाट संकलन गरेर सो रमक पठाउनु भएको उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।

अष्ट्रेलियाको सिड्नीमा रहेर एक यातायात कम्पनी ( JK REMOVALS PVT.LTD.) संचालन गरिरहनु भएका युवा सफल व्यवसायी पौडेलले हरिको समस्यालाई आफ्नै समस्या ठानेर रकम संकलनमा जुटेको बताउनु भयो । अन्य समयमा पनि बिभिन्न दुखि, गरिब र विपन्नहरुलाई सहयोग गरेर आइरहनु भएका युवा ब्यवसायी पौडेलले हरिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । हरि छिटो निको भएको खबर सुन्न आफू आतुर रहेको बताउँदै सबैले हरिलाई सक्दो सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

रकम पाएपछि हरि र हरिको परिवार निकै खुसी भएका छन् । विदेशमा रहेर त्यहाँको कामको बाबजुत पनि आफ्नो समस्यामा ठुलो सहयोग गरेकोमा हरिले धन्यबाद दिँदै जीवनप्रतिको यो गुन कहिल्यै तिर्न नसक्ने बताए । आमा मनकला न्यौपानेले जीवनले एक असल छोराको भूमिका निर्बाह गरेकोमा धन्यबाद दिनुभयो ।

हरि अहिले मृगौला प्रत्यारोपणको लागि डाइलाइसिसको प्रतिक्षामा छन् । लक डाउनका कारण मृगौला प्रत्यारोपण गरेपछि खाने औषधी अभाव रहेका कारण केही दिन प्रत्योरोपणमा ढिलाई भएको छ । औषधी सहज हुनासाथ मिर्गौला फेर्न हरि काठमाण्डौँ जाने बताइएको छ ।

यसअघि तुरुन्त प्रत्यारोपण गर्ने भनिए पनि नेपालभर भएको औषधी अभावले रोकिएको हरिले बताए । यो छोटो समयमा सबैबाट आफूलाई देश विदेशबाट ठुलो आर्थिक जुटेको हुँदा माया गर्ने र सहानुभूति जनाउने सबैलाई हरिले धन्यबाद दिएका छन् । सुरुमा पैसाको अभावमा उपचार रोकिने अवस्था भए पनि अहिले त्यो अवस्था टरेको प्रति हरि र हरिको परिवारले सबैलाई धन्यबाद दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ३ : १३ बजे