१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यशोधरा गाउँपालिकाको बजेट ५५ करोड ६ लाख



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाको सम्पन्न छैठौ सभाबाट आ.ब. ०७७।०७८ का लागि कूल ५५ करोड ६ लाख ६ हजार ७ सय ९२ रुपैयाँको अनुमानित प्रस्तुत गरिएको छ ।

बजेट मध्ये चालु तर्फ १३ करोड ३४ लाख ५४ हजार २ सय ९२ रुपैयाँ, पुजीँगत तर्फ १४ करोड ९१ लाख रहेको छ ।

यस्तै नेपाल सरकार सर्शत तर्फ १७ करोड ११ लाख, प्रदेश सरकार सर्शत तर्फ १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार बिशेष अनुदान तर्फ ६० लाख, वडा तर्फ ७ करोड ७४ लाख ५२ हजार ५ सय तथा वित्तिय व्यवस्थापन तर्फ २ लाख बजेट स्वीकृत भएको गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले बताए ।

वडा नम्बर ६ का अध्यक्ष श्याम नारायण उपाध्यायले सभामा बजेट प्रस्तुत गरेका थिए । बजेट मध्ये चालु आर्थिक बर्षमा खर्च हुन नसकेको ६ करोड ६० लाख संचित बजेट तथा बिभिन्न कार्यक्रम तथा योजना संचित अल्यामा २ करोड ११ लाख समेत समाबेश छ ।

गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले सानो पालिका भए पनि जिल्लामा सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको र लकडाउनले समेत विकास निर्माणको काम अघि बढाउन नसकिएको बताए ।

कोरोना ब्यवस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै उनले आगामी आर्थिक बर्षका विकास निर्माणको काम तीब्र गतिमा लैजाने बताए ।

सो अवसरमा सभाका प्रमुख अतिथी तथा कांंग्रेस नेता सुधाकर पाण्डेयले विकास निर्माणको कामलाई तीब्ररुपमा अघि बढाउनु पर्नेमा जोड दिए । उनले पूर्वाधार, स्वास्थ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले कोरोना भाइरसका कारण विकास निर्माण नराम्ररी प्रभावित भएको भन्दै उनले आगामी आर्थिक बर्ष विकासको गतिलाई तीब्रता दिने बताए ।

कार्यक्रममा २ वडाध्यक्ष, समाजसेबी, शिक्षा प्रेमी, वडा सचिव, कर्मचारी, निर्माण ब्यवसायी गरी २१ जनालाई सम्मानित गरिएको थियो । कार्यक्रम गाउँपालिका प्रमुख गिरिजेश कुमार पाण्डेयको अध्यक्षता र अधिकृत रेशमराज शर्माको संचालनमा भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ७ : १३ बजे