७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गज्जवको निर्णयः छोरी जन्मे स्थानीय सरकारले दिने भयो ५ हजार



गुल्मी ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मे पाँच हजार रुपैयाँ उनको खातामा अनुदान स्वरुप जम्मा गरिदिने भएको छ ।

छोरीको सुनौलो भविष्यका लागि गाउँपालिकाले यो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।

यस कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माणमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । यो कार्यक्रम आगामी ०७७/०७८ बाट लागु हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ७ : १९ बजे