७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कृष्णनगरले बाड्यो सहकारी र कृषक समूहलाई कृषि सामग्री



अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृषक समूहलाई पम्पसेट वितरण गरेको छ ।

नगरपालिकाको आर्थिक बर्ष ०७६/०७७ को साना सिंचाई कार्यक्रम अन्तर्गतको बजेटबाट पम्पसेट वितरण गरिएको हो ।

गत पुस महिनामा निकालिएको सूचना अनुसार उपभोक्ता समूह मार्फत नगरपालिकाले पम्पसेट खरिद गरेको थियो ।

८५ प्रतिशत नगरपालिकाको अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको लगानीमा पम्पसेट १ ओटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्रराम चौधरीले जानकारी दिए ।

एउटा पम्पसेटबाट करिब २.५ हेक्टर क्षेत्रफल सिंचित हुने कुरा कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्यले जानकारी दिनुभयो ।

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि, पम्पसेट वितरण गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

विभिन्न समयमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

उक्त वितरण कार्यक्रममा नगर उप प्रमुख शबनम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डागीँ लगायत वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ७ : २७ बजे