८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतीय मोटरसाइकलसहित ओदारीबाट लागु औषधका दुई कारोबारी पक्राऊ



मायादेवी अनलाइन,चार नम्बर ।
इलाका प्रहरी कार्यालय पिपराले प्रतिवन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा बाणगंगा नगरपालिका ११ ओदारीबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

दक्षिणबाट उत्तर तर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको युपी ५६ एल ३०४९ नम्बरको होरो एक्स सी डिलेक्स मोटरसाईकलका चालक मायादेवी गाउँपालिका वडा नं २ बस्ने बर्ष २८ को सम्साद मुसलमान र पछाडी वडा नं १ बस्ने बर्ष २८ को राजश केवटलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर आयूष जोशीले जानकारी दिनुभयो । उनीहरुको साथबाट विन्सपामो र क्यूरेक्स बरामद गरिएको छ ।

मोटरसाईकलको बाया साईडको लेगगाडमा रहेको बोराको झोलामा कालो प्लाष्टिक भित्र विन्सपास्मो (winspasmo) लेखिएको क्यापसुल १३२ गोटा र क्युरेक्स ( Qrex ) लेखिएको २ वटा सिल प्याकका साथै प्लाष्टिकको सिसि थान पनि बरामद गरिएको जोशीले बताउनु भयो । उनीहरु चार नम्बरतर्फ लागु औषधको कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको बताउँदै प्रहरीले उनीहरुमाथि प्रचलित कानुन अनुसार कारबाही हुने बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ७ : ३७ बजे