५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मध्यरातमा राजेश हमालको भिडियो, कृपया दीपाश्री निरौललाई माफी दिनुहोस्



काठमाण्डौँ ।
मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् ।

हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गर्दै उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु ।

कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

भिडियो

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  ६ : ५५ बजे