१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आमा बुबाको बेदना भरिएको तीज गीत ‘पानी मरुवा–२’



विमल गैरे, चार नम्बर
वर्ष दिनमा आउने तीजमा आफ्ना छोरी चेली बोलाएर तीजको दर खादै, नाच्दै रमाईलो गर्ने रहर कुन आमा वुबाको हुदैन होलार । तर यहाँ नत पोहोरको तीजमा आए नत यसपालिनै आउने भए, आए त केवल तीनै फोटोमा । घरमा भने पुरानो फोटो हेर्दै संगै हुँदा छोरीहरुसंगं गरेका कुराहरू सम्झेर दुखी भएका छन पुर्खे बा र तिवारी आमा ।


दुख गरेर हुर्काएका छोरीहरुलाई यो तीजमा पनि भेट्न नपाउदा मन पक्कै पनि रोएको छ । छोरीहरु पराइघरमा सुखका साथ बसेका छन् । जन्म दिने बुवा आमालाई सन्तानहरुले माया मार्दै गएका छन । तीजमा समेत कुनै छोरीहरु माइत नआउने भएपछी तिवारी आमा र पुर्खे बा एक्लो महसुस गरेका छन् ।
यो कथा आमा बुबाको बेदना भरिएको तीज गीत ‘पानी मरुवा–२’ को हो । जुन तीज गीतमा हाम्रो समाजको वास्तविक कथालाई चित्रण गरिएको छ । पुरुषोत्तम भण्डारी (पुर्खे बा)को लय शव्द मा पुरुषोत्तम भण्डारी (पुर्खे बा), लक्ष्मी तिवारी (तिवारी आमा) र निश्चल सुनारको आवाजमा रहेको तीज गीतमा पुर्खे बा, तिवारी आमा, हेमराज अधिकारी, महेश वस्याल र सम्पन्न श्रेष्ठले अभिनय गर्नुभएको छ ।

तीज गीत ‘पानी मरुवा–२’ लाई सफलताको शुभकामना ।

भिडियो हेर्नुहोला ।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  ११ : २५ बजे