१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक



काठमाडौं ।
कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक भएको छ । रुखको फेदमा छायांकन गरिएको प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ ।

रमा थपलिया र सरिता गिरी रहेको प्रोमोमा अडिसनबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि निर्देशक विशाल भण्डारीका अनुसार असोजबाट अडिसन सुरु हुनेछ । डिजिटल अडिसन लिइने छ ।

निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् । “यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ ।

सेट परिमार्जित र भब्य हुनेछ,” निर्देशक भट्टराई भन्छन्, “गत वर्षको भन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ ।” ‘कन्टेन्ट’मा पहिलो सिजनकोभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको उनले बताए ।

नेपालको पहिलो स्ट्यान्ड अप कमेडीको रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए । https://www.youtube.com/watch?v=W5hdlqzk4Qw

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  १ : ४७ बजे