५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

लमजुङमा पहिरोले २० घर पुर्‍यो



काठमाडौं ।
लम्जुङको मर्स्याङदी गाउँपलिका (३ मा पहिरोले २० घर पुरेको छ। अविरल वर्षापछि आएको पहिरोले घरहरू पुरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

पहिरोको सूचना पाएलगत्तै प्रहरी उद्धारका लागि घटनास्थलतर्फ जानका लागि हिँडे पनि अन्य पहिरोका कारण सडक अवरुद्ध भएर बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डिएसपी गंगा थापाले जानकारी दिए। उनका अनुसार घरहरू पुरिए पनि मानवीय क्षति भने नभएको बताए।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  १ : ५९ बजे