५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

जीपबाट खस्दा गम्भीर घाइते भएका किशोरको ज्यान गयो



स्याङ्जा ।
स्याङ्जामा जीपबाट खस्दा १६ वर्षीय किशोरको मृत्यु भएको छ। बुधबार जीपबाट खस्दा गम्भीर घाइते भएका पाल्पा रम्भा गाउँपालिका(४ बस्ने मन बहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो ।

बिहान पौने ९ बजे भिरकोट नगरपालिका-४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियासीबाट बयारघारी तर्फ जाँदै गरेको ग. १ ज. ७४४५ नम्बरको जीपको पछाडि ढालाबाट सारू खसेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार घाइते भएका उनको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो।

उनको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको थियो। साढे ११ बजे उनको मृत्यु भएको थियो। जीपका चालक वालिङ नगरपालिका बस्ने २८ वर्षीय ढाल बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ४ : ०१ बजे