२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

सुकबहादुरले हाँसी प्रयोग गरी आफ्नै अण्डकोष चुँडाए, प्लाष्टिकको झोलामा राखी अस्पताल



स्याङ्जा ।

पुतलीबजार नगरपालिका २ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ आफनै अण्डकोष काटेका छन्। घाँस काट्ने हाँसी प्रयोग गरेर आफैंले अण्डकोष काटि चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

जिल्ला अस्पताल स्याङजामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा आषिश बस्ताकोटीले बताए। उनले भने ‘उनीसँगै प्लाष्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो। रगत थामिने केही उपचार गरेर पोखरा रिफर गर्‍यौं।’

मानसिक सन्तुलन ठिक नरहेको पारिवारिक स्रोतले जनाएको छ। आमा, बुवा, दाजु, भाउजुसहित संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन भने पत्नी ६ र ७ बर्षअघि दोश्रो विहे गरेर गएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीको भनाई छ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  १० : ५३ बजे