८ असार २०८३, सोमबार | Mon Jun 22 2026

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित



काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको साधारणासभा तथा निर्वाचन स्थगित भएको छ।

चैतमै हुनुपर्ने चुनाव तथा साधारणसभा कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनिश्चित भएको छ।

पछिल्लो पटक साउन २६/२७ गते काठमाडौंमा हुने भनिएको चुनाव तथा साधारणसभा फेरि सार्ने निर्णय महासंघले गरेको हो।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले सरकारले कोभिड १९ को जोखिमका कारण सभा, सम्मेलन गर्न अनुमति नदिएकाले महाधिवेशन स्थगित भएको जानकारी दिए।

‘हाम्रो पदाधिकारी समितिको बैठकले सरकारले सभा, सम्मेलन गर्न खुला गरेको १५ दिनपछि मात्रै अधिवेशन गर्ने निर्णय गरेको छ’ मुरारकाले भने।

महासंघको पदाधिकारी ताथ पूर्व अध्यक्षहरु सम्मिलित बैठकले पूर्ण लकडाउन खुलेको १५ दिनपछि साधारणसाभा तोक्ने निर्णय गरेको छ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भएपनि लामो दुरीको यातायात तथा हवाइ यातायात भने भदौ १ सम्म बन्द गरेको छ।

त्यस्तै सभा सम्मेलन तथा सिनेमा हलमाथिको प्रतिवन्ध पनि कायमै छ।

प्रकाशित मिति : ८ श्रावण २०७७ बिहिबार ००:००  ६ : ४७ बजे