२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

नारायणी नदीले सुस्ताबाट एक जनालाई बगायो



नवलपरासी ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दाउरा टिप्न गएका एक जनालाई नारायणी नदीले बगाएको छ ।

आज बिहान बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगरका ५० वर्षका राधेश्याम कोइरीलाई नदीले बगाएको हो । कोइरीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  १० : ०१ बजे