९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

जंगलमा युवतीको शव फेला



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक जंगलमा युवतीको शव फेला परेको छ। वीरेन्द्रनगर–१२ नेवारे नजिकको सामुदायिक वनमा शुक्रबार युवतीको शव फेला परेको हो।
२९ वर्षीया युवतीको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

युवतीको शव फेला परेकोबारे आफन्तलाई जानकारी गराइएको उनले बताए। ‘शव फेला परेको बारेमा आफन्तलाई जानकारी भएको छ, उहाँहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  २ : १३ बजे