८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सीता रसाईलीको तीज कोशेलीः ‘बर्ष दिन वितेको’ बजारमा



मायादेवी अनलाइन, जितपुर ।
नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर लोक गायिका सीता रसाईलीले तीज गीत ल्याएकी छन् ।

गायिका रसाईलीको ‘बर्ष दिन वितेको’ तीज गीत २०७७ सार्वजनिक भएको हो । गीतमा गायिका सीता रसाइली –विश्वकर्माको स्वर रहेको छ त्यस्तै अन्जली अधिकारी, बन्दना नेपाल, उत्सहा घिमिरेको अभिनय रहेको छ भने भडियोको निर्देशन शंकर विसिले गरेका छन् ।

उक्त गीतमा समाजमा रहेको जातीय विभेद लाई प्रस्तुत गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । अझैपनि जातकै कारणले विभिन्न घटना भएका छन् । यहा सम्मकी जातियताकै आधारमा ज्यान गुमाउनुपरेको छ ।

यस्ता घटनामा दुःख पोख्दै मान्छे मान्छेविच भएको भेदभाव हटाउनुपर्दछ भन्दै भेदभाव रहित समाजको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । चाहे पहाड चाहे तराई जहाँ भएपनि हामी सबै नेपाली एकै हौ भन्ने सन्देश गीत मार्फत दिइएको छ ।
गीत भिडियो हेर्नको लागि तलको लिङक क्लिक गर्नुहोला https://www.youtube.com/watch?v=5YcHkj-rSyk

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  ३ : ३२ बजे