१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

त्रिविले व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि लिने



काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह, व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ।

परीक्षा नियन्त्रक महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै भदौ दोस्रो हप्ताबाट स्नातकोत्तर र स्नातक तहको प्रथम, तेस्रो, पाँचौं तथा सातौं तहको सत्रान्त परीक्षाहरु सञ्चालन गर्ने जानकारी दिएको हो।

त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सरकारले भदौ १ गतेदेखि लामोदुरीका यातायात समेत सञ्चालन गर्नेगरी लकडाउन खुल्ने निर्णय भएकोले भदौ दोस्रो हप्ताबाट स्नातकोत्तर र स्नातक तहको प्रथम, तेस्रो, पाँचौं तथा सातौँ तहको सत्रान्त परीक्षाहरु भदौ तेस्रो हप्तादेखि सञ्चालन गरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ।’ परीक्षा सञ्चालन तालिका कार्यालयको वेवसाइटमा पछि प्रकाशित गर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १० श्रावण २०७७ शनिबार ००:००  १० : ५५ बजे