९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

नेविसंघद्वारा डिन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी



काठमाडौं ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।

नेविसंघले राखेका २० वटा मागहरू सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत अनिश्चितकालीनको लागि ताला लगाएको जानकारी दिएको हो।

नेविसंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विश्वविद्यालयमा नेविसंघले उठाएका मागको सम्बोधन नगरी विद्यार्थी संगठनलाई पेलेर विश्वविद्यालयलाई धराशायी पार्न खोज्ने नियतको घोर भर्त्सना गर्दै शिक्षाशास्त्र तथा मानविकी संकायको डिन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ।’

विद्यार्थीको मुद्‍दालाई सुनुवाइ नगरी तारे होटलमा बसेर आर्थिक लेनदेन गरी विश्वविद्यालयमा गरिएका नियुक्तिले सम्बन्धित संकाय तथा विश्वविद्यालयको गरिमामय गम्भीर आँच पुर्‍याएको ठहर रहेको नेविसंघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  १२ : २७ बजे