२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सप्तरीमा न्यायाधीशलाई कोरोना देखियो



जनकपुरधाम ।

सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए।

यस अघि उच्च अदालतका सहसचिव स्तरका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई संक्रमण देखिएको एक साता नबित्दै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो। यसैबीच आइतबार देशभरि कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७ आइतबार ००:००  ५ : ५० बजे