८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मकवानपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु



हेटौंडा ।
मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। हेटौंडा बजारबाट फलामे छडी बोकेर बागमती गाउँपालिका जाँदै गरेको ना५त ८०८८ नम्‍बरको ट्याक्टर हटियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बागमती गाउँपालिका ६ का वर्ष ५५ का शंखर लोप्चार र बागमती गाउँपालिकाकै वडा नम्बर ८ का वर्ष १७ का सुजल नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै, अर्का घाइते मनोज जिम्बाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। तीनै जना ट्याक्टरमा सवार थिए। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७७ सोमबार ००:००  ३ : ०३ बजे