१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सुरु भयो नेकपा स्थायी कमिटी बैठक, प्रधानमन्त्री अनुपस्थित



काठमाडौं ।
लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ ।

बालुवाटार स्रोतका अनुसार भर्खरै बैठक सुरु भएको हो । यसअघि देशभर बाढी पहिरोको जोखिम बढेपछि बैठक स्थगित भएको थियो ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् ।

बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । लामो समय स्थगित भएर सुरु भएको बैठकले पार्टी भित्रको विवाद मिलाउने अपेक्षा गरिएको छ ।

मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  २ : ०२ बजे