२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

छुटेका ब्यवसायिक फर्म भदौ ४ गतेभित्र घरेलुमा नविकरण गर्नू, त्यसपछि हुँदैन



मायादेवी अनलाइन, चार नम्बर ।
घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता भएका कपिलवस्तुका सम्पूर्ण उद्योगी व्यवसायीलाई समयसिमाभित्र संस्था नविकरण गर्न अनुरोध गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले एक सुचना प्रकाशित गरी नविकरण गर्न छुटेका जिल्लाका सबै उद्यागी, ब्यवसायी तथा फर्म संचालकलाई आगामी भदौ ४ गतेभित्र नविकरण गर्न अनुरोध गरेको हो ।

प्राइभेट फर्म दर्ता ऐन २०७६ अनुसार भदौ ४ गतेभित्र ब्यापार, ब्यवसायको फर्म दर्ता गरिसक्नु पर्ने समयसिमा छ । सोही ऐन अनुसार कार्यलयले सूचना प्रकाशन गरेको हो । तोकिएको समयसिमा भित्र ब्यावसाय नविकरण नभएमा पछि नविकरण गर्न नसकिने उद्योग अधिकृत राजन केसीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

यसैबीच कपिलवस्तु उद्योग बाणिज्य संघले पनि सो समयभित्र नविकरण गर्न मातहतका सबै उद्योग, ब्यापार, फर्म संचालकलाई अनुरोध गरेको छ ।

संघका अध्यक्ष उमानाथ पौडेलले समयभित्र नविकरण गर्न अटेरी गर्ने र पछि भएन भनेर गुनासो गर्ने धेरैको बानी रहेकाले ढिला गरे त्यसबाट हुने क्षतिमा आफै जिम्मेवार हुनुपर्ने मायादेवी अनलाइनसंग बताउनु भयो ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ४ : ३८ बजे