२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले थापालाई कांग्रेसमा स्वागत गरेका हुन्।

कार्यकर्तासहित राप्रपा छोडेर आएका थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने सहमति भएको छ। थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए। थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ४ : ३५ बजे