२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

दार्चुलामा पहिरोमा पुरिएर दम्पतीको मृत्यु



कैलाली ।
दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भए ।

सुनिलले नै प्रहरीलाई पहिरोले घर पुरेको खबर गरेका थिए । प्रहरीले मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ४ : ३८ बजे