२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

नन्दनगरको गुरुकुलमा भण्डारा लगाएर लायन्सकर्मी खनालले मनाइन् छोराको जन्मदिन



मायादेवी अनलाइन, चार नम्बर ।
लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीकर्मी रिता खनालले मनकामना गुरुकुलम् संस्कृत विद्यापीठ गुरुकुलम् नन्दनगरमा एक दिनको भण्डारा लगाएर आफ्नो छोराको जन्मदिन मनाउनु भएको छ ।

क्लवकी तृतीय उपाध्यक्ष खनाल र पति गोपाल खनालले आफ्नो सुपुत्र सुबोध खनालको जन्म दिन पारेर गुरुकुलममा बटुकहरुको लागि मंगलबार भण्डारा लगाउनु भएको हो ।

जन्मदिन मनाउने परम्परा निकै खर्चिलो र भड्किलो रहेको हुँदा त्यसलाई चिर्न जन्मदिनमा यसो गरेको रिता खनालले बताउनु भयो । समाजमा परिवर्तनको सुरुवात एक जनाले गर्नु पर्ने भन्दै यसको सिको सबैले गरेमा समाज आफै परिवर्तन हुने कार्यक्रमका प्रमुख अतिथि जोन चेयर पर्सन कृष्ण केसीले बताउनु भयो ।

Image may contain: 16 people, including Bhagawati Bhusal, people sitting, text that says 'REDMI NOTE MI DUAL CAMERA'

केसीले राम्रो काम गरी खनालले छोराको जन्मदिन मनाएकोमा दम्पतिलाई धन्यबाद दिनुभयो । लायन्स क्लव दिदीबहिनीकी अध्यक्ष लक्ष्मी गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा एनसिटिए अध्यक्ष धर्मराज भट्टराई, लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे, पूर्व अध्यक्ष कुमार खड्का, उपाध्यक्ष धातानन्द भुषाल, सचिव राम सुभागे थारु, दिदीबहिनीका प्रथम र द्धितीय उपाध्यक्ष सविता सापकोटा र अञ्जु ज्ञवाली लगगायतको सहभागिता थियो ।

गुरुकुलका संयोजक युवराज बेलबासेले जन्मदिनमा आश्रममा आएर एक दिनको भण्डारा लगाउँदा पनि आफूहरुलाई धेरै सहयोग पुगेको भन्दै पुण्य कामको लागि धन्यबाद दिनुभयो । कार्यक्रममा बटुकहरुलाई टिका लगाएर दक्षिणासमेत दिइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ९ : २२ बजे