१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै १४४ जनाको हस्ताक्षर



काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिँदै जाँदा १४४ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउने भएका छन्। केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा १४४ जना केन्द्रीय सदस्यहरुले बैठक बोलाउन माग गर्दै बुधबार हस्ताक्षर बुझाउन लागेका हुन्।

स्थायी कमिटी बैठक सरिरहँदा नेकपाभित्र केन्द्रीय कमिटी बैठकको माग उठेको हो। ४४१ सदस्यीय केन्द्रीय समितिमा १११ जना सदस्य अर्थात एक चौथाइले माग गरे केन्द्रीय कमिटी बैठक बोलाउनुपर्छ। गैरेको नेतृत्वमा १४४ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएपछि अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन दबाब पर्नेछ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ४ : ३५ बजे