११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

उत्कृष्ट नगरको ‘पगरी’, निस्वार्थी भई मिलेर काम गर्दाको परिणतिः उपमेयर अर्याल



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पछिल्ला समयमा हासिल गरेका उपलब्धिको जस जनता, कर्मचारी, राजनैतिक दल, जनप्रनिधि र संचारकर्मीलाई जाने बाणगंगा नगरका उप प्रमुख चक्रपाणी अर्यालले बताउनु भएको छ । आर्थिक बर्ष २०७५७६ मा भएका बिभिन्न कार्यसम्पादनमध्ये सुशासन र सामाजिक सेवामा बाणगंगा मुलुकभरमै उत्कृष्ट भएपछि पहिलोपटक अन्र्तवर्ता दिँदै उपमेयर अर्यालले सो कुरा बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो मेगाहर्जको दैनिक विहानी बहसमुलक कार्यक्रम समय संबादसंग खुसी साट्दै अर्यालले भन्नुभयो, “यो पुरस्कार पाउँछौँ भनेर काम गरेका होइनौँ तर सामाजिक शुषासन र सेवा प्रबाहमा मुलुकमा उत्कृष्ट भयौँ । यो नगरको लागि मात्र नभएर जिल्ला र प्रदेशकै लागि गरिमाको कुरा हो ।” ‘नगरपालिकामा सुरुदेखि नै जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्यौँ । नगरमा भ्रष्टाचार लगायतका अनियमितता, बदमासी हुन दिएनौँ’ उहाँले भन्नुभयो, “त्यसैको फलस्वरुप शुशासन र सामाजिक सेवा प्रवाहका ८३ वटा सूचकमा नेपाल नगरपालिका संघले हामीलाई उत्कृष्ट ठहर गरी पुरस्कृत गर्यो । यसमा औधी खुसी छौँ । भोलीका दिनमा पनि यस्ता पुरस्कार प्राप्त गर्ने गरी काम गर्ने प्रतिवद्धता दिलाउँछु ।”

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जमा अन्तर्वार्ताको क्रममा ।

यो सफलताको कारणको सबालमा उप-मेयर अर्यालले निस्वार्थता रहेको बताउनु भएको छ । जनप्रतिनिधि र कर्मचारी कसैले पनि नगरमा ब्यक्तिगत स्वार्थ राखेर काम नगरेको उहाँको दावी छ । धेरै स्थानमा जनप्रतिनिध र कर्मचारी ब्यक्तिगत स्वार्थमा लिप्त हुँदा अनेक काण्ड मच्चिने गरेको स्मरण गर्दै आफ्नो नगरपालिकामा त्यस्तो अनियमितता र बदमासी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने अर्यालले चेतावनी दिनुभयो । आफ्नो चार बर्षे कार्यकालमा नगरमा कुनै बाद विवाद नभएको, भ्रष्टाचार लगायतका काण्डहरुमा फस्न नपर्दा यो पुरस्कार सम्भव भएको अर्यालको अनुभव छ ।

कोभिडको महामारीको बीचमा आर्थिक बर्ष २०७६ ७७ का ९० प्रतिशत योजनाका कामहरु सम्पन्न भएको भन्दै चालु बर्षको लागि आजैबाट योजना बनेको सुनाउनु भयो । यो बर्ष असारे विकास भनेर जनताले गुनासो गर्न नपर्ने गरी समयमा सम्झ्यौत भई काम हुने उहाँको. प्रतिवद्धता छ ।

उपमेयर अर्यालले कोभिडको कारण धेरै काम गर्न समस्या भएको भन्दै त्यसको असर यस बर्षलाई पनि पर्ने बताउँदै सतर्क रहन सबै नगरका दाजुभाई, दिदीबहिनीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा बाटोघाटो, कृषि, शिक्षा, रोजगारी आदिका विषयमा श्रोताहरुल्े जिज्ञासा राख्नु भएको थियो ।

अर्यालले नगरको गुरु योजनामा शहरी विकास मन्त्रालय बाधक बनेको समेत बताउनु भयो । शहरी विकास मन्त्रालयले आफ्नो योजनाको फाइल लामो समयसम्म अड्काएर राख्दा आलोचित हुनु परेको उहाँको भनाई छ । बाणगंगा आर्थिक बर्ष २०७५ ७६ मै बेरुजु नहुनेमध्ये मुलुकको दोश्रो तथा प्रदेशको पहिलो भएको नगरपालिका पनि हो ।

अन्र्तवार्ताको पुरा लिंक तल सुन्न सक्नु हुने छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  १० : ०६ बजे