४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारले भन्योः अबदेखि विद्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन पाईदैन



काठमाडौं ।
सरकारले अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराएका हुन् ।

‘विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन । साथै क्वारेन्टिन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ,’ उनले भने।

सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ ।

पछिल्लो समय भने धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो ।

अहिले पनि कतिपय जिल्लाहरूमा विदेशबाट आएका व्यक्तिहरूलाई विद्यालयमै राखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ३ : ५१ बजे