२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

रुपन्देहीमा मोटरसाइकल चढ्ने क्रममा लडेर महिलाको मृत्यु



बुटवल ।
रुपन्देहीमा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका ३, लक्ष्मीनगर बस्ने ७० वर्षीया धानमति भुजको बिहीबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै नातिले चलाउन लागेको लु १८ प ९४९२ नम्बरको मोटरसाइकलमा चढ्ने क्रममा लड्दा घाइते भएकी भुजलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ६ : २४ बजे