२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

देशका धेरै स्थानमा वर्षाको सम्भावना



काठमाडौं ।
आज (शुक्रबार) पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

अहिले बिहान काठमाडौं उपत्यकामा घाम देखिएको भए पनि उत्तरी भागबाट भर्खरै वर्षा सुरु भएको उनले जानकारी दिइन् ।

यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

उनका अनुसार आगामी तीन दिनसम्म देशभर हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ ।

बुलेटिनअनुसार राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ५५ बजे