१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रक्सी नपाएर स्यानिटाइजर पिउँदा भारतमा १० जनाको मृत्यु



एजेन्सी ।

भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा रक्सी नपाएपछि २० जनाभन्दा बढीले स्यानिटाइजर पिएको बनाइएको छ ।

स्यानिटाइजर पिएका कारण बुधबार १ जना, बिहीबार ३ जना र शुक्रबार थप ६ जना गरी ९ जनाको मृत्यु भएको हो । सो घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  प्रहरीले मृत्यु हुनेमा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ ।

अनुसन्धानका क्रममा पसलमा ठूलो मात्रामा स्यानिटाइजर बिक्री भइरहेको र मानिसहरुले रक्सीको साटो पिउने गरेको पाइएपछि मदिराको मात्रा बढी भएका स्यानिटाइजर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाएको छ ।

देशव्यापी लकडाउनपछि ५० दिनसम्म भारतमा रक्सी पसल बन्द गरिएका थिए । आन्ध्र प्रदेश सरकारले गत ४ मेमा रक्सी पसल खुला गरेको थियो । तर कोरोना संक्रमणदर बढेपछि १० दिनअघि पुनः लकडाउनमा कडाइ गरिएको थियो । 

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ४ : ३१ बजे