३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मास्क नलगाउने २ लाख जनालाई कारबाही



काठमाडौं ।
मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिए।

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ। यसरी नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना लिने गरिएको छ।

मन्त्रालयले फेरि पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ। त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँहरूमा आमसभा भएको भन्दै त्यस्ता गतिविधि नगर्न सबै राजनीतिक दलहरूलाई अपिल गरेको छ।

पछिल्लो समय समुहहरूमा पनि संक्रमण देखिएकाले यस्ता समूहगत गतिविधि नगर्न मन्त्रालयले अनुरोध गरेको हो।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ४ : ४१ बजे