१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बागलुङमा असारयता ४ को मृत्यु, १ बेपत्ता, ५४ घर भत्किए



बागलुङ ।

बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै ४ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

अविरल वर्षापछि १० साउनमा गएको पहिराले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा १ जनाको मृत्यु भएको र अर्का १ जना बेपत्ता रहेका छन् । बेपत्ताको प्रहरीले खोजी कार्य गरे पनि हालसम्म फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

यस्तै, १३ गते जिल्लाको तमान खोला गाउँपालिका–२ मा घर पहिरोका कारण भत्किदा २ बालबालिकाको मृत्यु भएको छ । सोही दिननै निसी खोला गाउँपालिका–१ मा ५ वर्षीय बालकको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन् । बाढीपहिराका कारण बागलुङमा अधिकांश सडक अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बागलुङ जिल्लामा हालसम्म ५४ घर भत्केका छन् ।

जोखिमयुक्त वस्ती पहिचानको कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । स्थानीय तहमार्फत जोखिममा परेका घरको विवरण मगिएका छौं, पन्तले भने, असारपछि राहतको नियम अध्यावधिक भएको छ ।

पन्तका अनुसार पहिरोमा ज्यान गुमाएका १ घरको १ जना छ भने २ लाख र त्यस परिवारका थप मत्यु संख्याको आधारमा १ लाख थप हुनेछ । उनले घरमा क्षति पुगेका ५४ घरलाई १५ हजारका दरले राहत वितरण गर्ने जानकारी दिए ।

जिल्लाका १० स्थानीय तहमा घर भत्केकाको विवरण आए पनि जोखिममा परेका घरको विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहले जोखिमयुक्त बस्तीको पहिचान तथा पहिराको जोखिममा रहका घरको विवरण संकलन गरिरहेका छन् । जथाभावी रूपमा सडक निर्माण गर्दा पहिराको जोखिम बढ्न थालेको हो । रासस

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ४ : ४६ बजे