१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

रुपन्देही इन्चार्जसहित विप्लव समूहका केही नेता पक्राउ



रुपन्देही ।
विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए पनि रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ०५ बजे