८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

घुससहित तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ



काठमाडौं ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।

उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।

घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ४८ बजे