८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विराटनगर महानगरमा लगाईयो दुई हप्ते लकडाउन



काठमाण्डौ ।
विराटनगर महानगरपालिकामा लकडाउन गरिएको छ । कोरोना सङ्क्रमण समुदायमा फैलिन नदिन गएराति १२ बजेदेखि नगरक्षेत्र भित्र लकडाउन लागू भएको हो । लकडाउनका बेलामा बजार र आवागमन पूर्णरूपमा रोक लगाइएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

खाद्यान्न, तरकारी तथा फलफूल, अस्पताल, औषधि पसल, एम्बुलेन्स, दूध, पानी, ग्यास, बारुणयन्त्र, एम्बुलेन्स, सञ्चार माध्यम लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।

महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को हिजो बसेको बैठकले नगर क्षेत्रमा कोरोना सङ्क्रमित बढेका भन्दै त्यसको नियन्त्रण एवं रोकथाम लागि साउन ३० गतेराति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । विराटनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७ पुगेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  ७ : ४० बजे