८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चिनियाँ एप टिकटक अमेरिकामा प्रतिबन्ध गर्दैछुः ट्रम्प



एजेन्सी ।
अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार आदेशमा हस्ताक्षर गर्नेछन् ।

ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, ‘जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं ।’

यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए । भने, ‘मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु ।’ बीबीसी

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  १२ : २३ बजे