काठमाण्डौ ।
काठमाण्डौ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।
उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १ गतेदेखि भने सरकारले सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक र बाह्य दुवै उडान खुलाउने निर्णय गरेको छ । कोरोनाको जोखिम रहे पनि उच्च सतर्कता अपनाएर उडान गर्ने तयारी छ ।
यसको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन् । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।
विमानस्थल, यात्रु र जहाजमा यस्ता हुनेछन् नियम
चैत ९ गतेदेखि बन्द रहेको आन्तरिक र वाह्य उडान भदौ १ गतेदेखि सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गर्न तयार रहेको उनीहरुको भनाइ छ ।
अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । भदौ १ गतेदेखि थप कडाइ हुनेछ । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।
७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ । विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा नै कोरिएको छ ।
आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ(ठाउँमा स्यानिटाइजर राखिएको छ ।
प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बस हरेक पल्ट नि(सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि(सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र विमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।
आन्तरिक जहाजभित्र खानारखाजा निषेध गरिएको छ । कुकुररबिरालो बोक्न पाइने छैन, समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।







प्रतिक्रिया