२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अनशनरत ईः अस्पताल भर्ना



काठमाडौं ।
कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईः लाई अस्पताल भर्ना गरिएको छ ।

उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।

ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । यसअघि उनी बसन्तपुरमा अनशन बसेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  २ : ०५ बजे