७ असार २०८३, आइतबार | Mon Jun 22 2026

पाकिस्तानले पनि जारी गर्‍यो नयाँ नक्सा, कश्मीरसहितका भूभाग समेटिए



एजेन्सी ।
पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।

पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा आफ्नो दाबा गरेको छ। कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधीनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  ९ : १९ बजे