७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रदेश २ का कानुन मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि



जनकपुरधाम ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार साँझ आएको रिपोर्टमा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ। मन्त्री यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको छ।

यस्तै उनकै मन्त्रालयका अन्य सात जनामा पनि कोरोना संक्रमण देखिएको छ। तिमध्ये एक ४२ वर्षीया महिला छिन्। संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन्। संक्रमित कर्मचारीहरुको पद खुलाइएको छैन्।

उनीहरुको अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। विजय झाले जानकारी दिए। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदका ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ७ : ४९ बजे