१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सिद्धार्थले दियो क्वारेनटाइनमा बसेकालाई किटब्यागसहित स्वास्थ सामग्री



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगास्थित सिद्धार्थ सामाजिक बिकास केन्द्रले क्वारेन्नटाइन र आइसोलेसनमा रहेकालाई विभिन्न सामग्री वितरण गरेको छ ।

क्वारेनटाइन र आइसोलेसनमा रहेका २१ जना ब्यक्तिहरुलाई किट ब्यागसहित मास्क साबुन लगायतका स्वास्थ सामग्रीहरु प्रदान गरेको केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो ।

वडा न. ९ का वडा कार्यालयमा वडाध्यक्ष ध्रुव बेल्बासे, वडा सचिव सन्तोष कुमार बैठा, भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी, केन्द्रकी सदस्य चेतना अधिकारी सहितको उपस्थितीमा सामग्री वितरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष बेल्बासेले संस्थालाई धन्यवाद दिदै कोभिड-१९ बाट बच्न सबैजना आ–आफ्नो ठाउँवाट सतर्क हुनुपर्ने बताउनुभयो ।

सिद्धार्थ सामाजिक बिकास केन्द्र र केयर नेपालको साझेदारीमा संचालित नेपाल कोभिड–१९ रेस्पोन्स कार्यक्रम अन्तर्गत सो सामग्री बितरण गरिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  १० : १९ बजे