१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कोरोनाको शंका लागेका जो कोहीले स्वाब परिक्षण गर्ने व्यवस्था बुद्धभूमिले मिलायो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को शंका लागेका जो सुकैको नमुना परिक्षण गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समय जिल्लामा समुदायस्तरमा कोरोना फैलन थालेपछि बुद्धभूमि नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो ।

अब नगरबासीले नगरको बुड्ढी हनुमान चोकमा रहेको सरकारी भवनबाट हरेक हप्ताको विहीबार पीसीआर जाँच गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

एक मापदण्ड नै बनाएर नगरपालिकाले कोरोनाको परिक्षण गर्न थालेको हो । जस्तै कोरोनाका लक्षण र चिन्ह देखिएमा, कोरोना संक्रमितको सम्पर्कमा रहेमा, स्वास प्रश्वासको समस्या भएका विरामी, भारत तथा अन्य देशबाट आएर क्वारेनटाइन वा होम क्वारेनटाइमा ५ देखि ७ दिन बसेका व्यक्तीहरु, अग्रपक्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईमा काम गर्ने तथा अन्य व्यक्तिहरु र कोभिड १९ एरियामा विगत १४ दिनमा भ्रमण गरेको इतिहास भएका व्यक्तिहरुलाई स्वाब संकलन गर्ने व्यवस्था नगरपालिकाले मिलाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

नगरपालिकामा हाल संक्रिय कोरोना संक्रमित छैनन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ६ : २९ बजे