१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुको वाणगंगाबाट १ सय १९ जनाको स्वाब लिइयो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट १ सय १९ जनाको स्वाब संकलन गरिएको छ । शुक्रबार विहान १० देखि सञ्चालन गरिएको स्वाब संकलन दिउँसो ३ बजे सकिएको हो ।

जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकाका बीच वाणगंगामा पनि अधिकांश समुदायस्तरका व्यक्तिको स्वाब लिइएको छ ।

नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाबाट ५१ जना, कन्ट्याक्क टे«सिङबाट ५ जना र अरु भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको स्वाब लिइएको हो ।

भारत तथा तेस्रो मुलुकबाट आएकाहरु अहिले होम क्वारेनटाइनमा रहेका छन् । जसमध्ये वाणगंगामा ५ जना संक्रिय कोरोनाका विरामी रहेका छन् । यी विरामी सबै विदेशबाट आएर होम क्वारेनटाइनमा बसिरहेका बेला कोरोना देखिएको थियो ।

शुक्रबार लिइएको नमुना स्वाबलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परिक्षणका लागि पठाइएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । अबका केही दिनमा सबैको रिपोर्ट आउँने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ३ : १४ बजे