१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एका विहानै भलवाडका खोलामा चोरीः हेर्ने कसले ?



मामायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ । आंशिक निशेधाज्ञाको मौका छोपी वडा नम्बर ९ को उत्तरी क्षेत्र अर्घाखाँची र कपिलवस्तुको सिमाना धिरिया खोलाबाट नदीजन्य पदार्थको चोरी भएको हो । आइतबार विहानै चारपाँच वटा ट्याक्टरहरुले ढुङगा ढुवानी गरि फर्कँदै गरेको प्रमाण मायादेवीलाई प्राप्त भएको छ । विगत केही दिनदेखि रात र विहानको समयमा खोलामा यस्तो धन्दा बढेको स्थानीयले मायादेवी अनलाइनलाई बताएका छन् ।

यस विषयमा प्रहरी प्रशासनमा सुचना गर्दा प्रहरीले कुनै प्रमाण फेला नपरेको बताउँछ । सो विषयमा स्थानीयले पटकपटक प्रहरीलाई खबर गरे पनि प्रहरीले समात्न नसक्नुमा शंका रहेको स्थानीयले मायादेवीसंग बताएका छन् । तर तस्बिरमा ट्याक्टरले ट्रालीभरी ढुँगा लोड गरी लस्कर लागेर फर्केको देखिन्छ ।

स्थानीयले नदिजन्य पदर्थका चोरी निकासिमा बदमासी गर्नेहरुलई तुरुन्त कारबाही गर्न माग गरेका छन् । अहिले नदीजन्य पदार्थमा पूर्ण रुपमा रोक लगाइएको छ । यस्तो अवस्थामा केही मानिसले खोलालाई गज्जवको आयश्रोतको रुपमा प्रयोग गर्ने हिजोदेखिकै समस्या हो । यस्ता चोरी निकासी बढ्नुमा स्थानीय प्रशासन र जनप्रतिनिधीबीच उचित समन्वय नहुनु र एकले अर्कोलाई दोष लगाएर जिम्मेवारीबाट हट्ने गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ९ : ०७ बजे