६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगो लाग्दा ९ जनाको मृत्यु



नयाँदिल्ली ।
भारतको आन्ध्रप्रदेशमा कोरोनाभाइरसका संक्रमित राख्न प्रयोग गरिएको होटलमा आगलागी हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार विजयवाडामा रहेको उक्त होटलमा आइतबार बिहान पाँच बजेतिर आगो लागेको हो। होटलभित्र रहेका २० जनाको उद्धार गरिएको छ।

होटलभित्र ३० कोरोना संक्रमित र १० स्वास्थ्यकर्मी थिए। आगो लागेपछि बिरामीलाई अन्यन्त्रै सारिएको छ। बिजुलीको सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने बताइएको छ।

मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् भने आगलागीमा परी ज्यान गुमाउनेका परिवारलाई ५० लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुस्ख व्यक्त गरेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १२ : ४१ बजे