६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुमा थपिए १७ जना कोरोना संक्रमित, सबै समुदायका



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) का थप १७ जना संक्रमित थपिएका छन् । गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रका २ सय २६ जनाको नमुना स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका मध्ये १ सय २७ जनाको रिपोर्ट आइतबार आएको हो । जसमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जना अझै रिपोर्टको पर्खाइमा रहेका छन् ।

यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन गरिएका ६ जनाको स्वाब मध्ये ५ जनामा कोरोना देखिएको छ । साथै कृष्णनगरपालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसंगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

आइतबार थपिएका कोरोना विरामी सामाजिक कार्यमा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ५ : २१ बजे